सरकारको निर्देशन विपरीत बेसीशहर नगरपालिकामा वार्षिक परीक्षा सञ्चलन


लमजुङ /२० बैशाख – संघीय सरकारको निर्देशन विपरीत बेसीशहर नगरपालिकाले कक्षा ८ र ५ को वार्षिक परक्षिा बैशाख २० गते देखि सञ्चलन गर्न नगर क्षेत्र भित्रका सबै विद्यालयहरुलाई सूचना जारी गरेको छ । कोभिड – १९ को महामारी भए पनि बेसीशहर नगरपालिकाले नगर स्तरीय अन्तिम परीक्षा सञ्चालन गरेको हो ।

कोभिड -१९ को महामारी फैलिदै गएपनि परीक्षा निर्धारीत समय अगाबै सम्पन्न गर्न मनासिब देखिएको भन्दै बेसीशहर नगरपालिका नगर स्तरीय परीक्षा समितिले निर्णय गरेको सूचनामा गरेको छ । नगरपालिकाबाट वितरण गरिएका मुख्य ५ विषयका परीक्षा निर्धारित परीक्षा तालिका बमोजिम गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।

साथै अन्य विषयहरु विद्यालयले आगामि बैशाख २६ गते भित्र सम्पन्न गर्ने गरी तालिका बनउन लगाउने निर्णय भएको जानकारी दिएको छ ।

सरकारले भने कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।