काठमाडौं /१९ बैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यावस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सक्ने जनाएको छ ।
मन्त्रालयले आइताबार एक सूचना जारी गर्दै त्यस्ता विद्यार्थी तथा अध्यापन गराउने सम्पूर्णलाइ सम्बन्धित विश्वविद्यालयले उपचार तथा संक्रमितको व्यवस्थापनामा खटाउन सक्ने निर्णय गरेको जानकारी दिएको हो
साथै अध्ययन बिदामा रहेका हाल अभ्ध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी रहेका स्वास्थ्य संस्थामा हाजिर भै उपचारमा खटिन अनुरोध गरेको छ ।




