काठमाडौं /१९ बैशाख – नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सरकार समक्ष कडा दबाब सिर्जना गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घले पहिलो चरणका कार्यक्रमहरु घोषण गर्दे नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलय बीच भएका सबै सहमती लागू हुने गरी शिक्षा ऐन जारी हुनु पर्ने माग राखेको छ ।
न्यूनतम वेतन काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि गर्ने ,स्थायी ,राहत साविक उच्च मावि ,अस्थायी करार,प्राविधिक धार लगायतका सबै शिक्षक र विद्यालय कर्मचारीका न्यायोचित माग पुरा गर्न दबाबका लागि बिरोध पत्र बुझाउने निर्णय गरेको छ ।
साथै सबै शिक्षक कर्मचारीलाई अबिलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि विमा र निशुल्क उपाचारको व्यावस्था गर्न माग राखेको छ ।
त्यसैगरी हाल संस्थागत विद्यालयमा भएको शिक्षक कर्मचारी निष्कासनलाई रोक्ने लगायतका माग पुरा गर्नका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ ।





