चाँगुनारायण नगरपालिकाले बनायो नेपाल इन्जिनियरिङ कलेजमा आइसोलेसन सेन्टर

भक्तपुर /१८ वैशाख – नेपाल इन्जिनियरिङ कलेजमा आइसोलेसन सेन्टर बनाइएको छ । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार आइसोलेसन सेन्टर तयार भएको हो ।

कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिए पनि अहिलेलाई ४३ बेडको आइसोलेसन सेन्टर तयार बनाइएको छ । साथै आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ ।

आइसोलेसन सेन्टर बेडहरु भवन विभागले उपलब्ध गराएको छ भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ ।