परीक्षा दिन जाने क्रममा छात्राको लडेर मृत्यु

सल्यान/१४ वैशाख– परीक्षा दिन भनि हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ ।


छत्रेश्वरी–१ स्थित भानुभक्त मावि दमाचौरकी कक्षा १० मा अध्ययनरत चन्द्रकला सार्की परीक्षा दिन जाने क्रममा बाटामै चिप्लिएर लडेपछि मत्यु भएको हो ।


सार्की छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी हुन् ।

आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।