काठमाडौँ /१३ बैशाख — सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्को निर्णय नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।



