पूर्वाञ्चल विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

काठमाण्डौं/१३ वैशाख– पूर्वाञ्चल विश्वविद्यालयबाट सञ्चालित भईरहेका र सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षा स्थगित भएको छ ।


नेपाल सरकार, कोभिड १९ संकट व्यवस्थापन सञ्चालनको हिजो बसेको बैठकको निर्णय अनुसार देशभरका विद्यालय तथा शिक्षालयहरुमा तय भएका पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएकाले सोही अनुरुप पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षा स्थगित गरिएको जनाएको छ ।


साथै, सम्पूर्ण परीक्षाहरु भोलीदेखी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको पूर्वाञ्चल विवि, परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिएका छन्।