त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

काठमाण्डौं/१३ वैशाख– त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित भएको छ ।


त्रिविका आंगिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु सञ्चालित भईरहेका र सञ्चालनको प्रक्रियामा रहेको अवस्थामा कोभिड–१९ का कारण र देशका विभिन्न स्थानहरुमा लकडाउनका कारण हाल सञ्चालित तथा सञ्चालन गर्न लागेको सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने आज बसेको बैठकबाट निर्णय भएको छ ।


बैठकको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिविबाट सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु भोलीदेखी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको त्रिविको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।