पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित


काठमाडौं /१३ बैशाख – पोखरा विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेका र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दे पोखरा विश्वविद्यालय परीक्षा समितिको बैठकले विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेका र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।

साथै सीसीएमसीको निर्देशन समितिको बैठकले पूर्व निर्धारित सबै परीक्षा स्थगन गर्ने निर्णयसंगै अर्को सूचना नआएसम्मको लागि परीक्षा स्थगित गरिएको पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रक प्रा.डा. टेक राज ज्ञवालीले जानकारी दिनु भएको छ ।