सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड राखेर पठनपाठन

झापा/९ वैशाख– झापाका चारवटा पालिकाका सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड राखेर पठनपाठन सञ्चालन गरेको छ ।
भद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकबल र बाह्रदशी गाउँपालिकाका गरीसामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड जडान गर्दै पठनपाठन थालिएको हो ।


विद्यालयलाई प्रविधिमैत्री बनाई शिक्षाको गुणस्तर बढाउने उद्देश्यसहीत सांसद क्षेत्र विकास कोष अन्तर्गत झापा क्षेत्र नं. ३ का १२ वटा सामुदायिक विद्यालयमा एन्ड्रोइड बोर्ड तथा प्रोजेक्टर प्रदान गरिएको हो ।


बाह्रदशी गाउँपालिका– ७ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा एन्ड्रोइड बोर्ड तथा प्रोजेक्टर प्रयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले सूचना प्रविधिमार्फत् विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफूले विद्यालयलाई एन्ड्रोइड बोर्ड उपलब्ध गराएको बताए ।


यसैबीच गौरीशंकर माविमा राखिएका पाँच वटा बोर्डको आइतवार सांसद लिङ्देनले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रविधिले सहयोग पु¥याएको बताएका छन् । उनले अहिले प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेपछि सामुदायिक विद्यालय आउने विद्यार्थीको संख्या बढेको बताए ।

निजी विद्यालयको तुलनामा शैक्षिक गुणस्तर अझ राम्रो हुँदै गएपछि विद्यार्थी तथा अभिभावकको रुची सामुदायिकतर्फ तानिएको उनको तर्क छ ।


शिक्षक नेत्रप्रसाद पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी, गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटवाल, भद्रपुरस्थित गौतमबुद्ध प्राविका प्रधानाध्यापक जयन्ती मानी, व्यवस्थापन समितिका लेखनाथ खनाल लगायतको सहभागिता रहेको थियो ।