हेटौँडाका विद्यालयमा कक्षा ८ को अन्तिम परीक्षा १९ गतेदेखि सुरू

हेटौँडा/७ वैशाख– हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने भएको छ ।


उपमहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जनाएको हो । अन्य कक्षाको परीक्षा भने वैशाख ९ गतेबाट संचालन हुने उल्लेख गरिएको छ ।


कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सरकारको निर्णय अनुसार नै स्वास्थ्य सावधानी मापदण्ड अपनाएर परीक्षा गर्न लागिएको उपमहानगरपालिकाका जनाएको छ ।


नेपाल शिक्षक महासंघले वैशाखको दोस्रो हप्ताबाटै परीक्षा संचालनको व्यवस्था मिलाउन सोमबार हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको थियो ।