सिटिईभिटीको औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमको रजिष्ट्रेशन फारम खुला


काठमाडौं /४ बैशाख – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यलय (सिटिईभिटी)ले प्रि डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रमको रजिष्ट्रेशन फारम भर्नका लागि सूचना जारी गरेको छ ।

प्रि डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम सञ्चालनको सम्बन्धन,स्वीकृती पाएका शिक्षण संस्थाहरुमा उत्त तहको शैक्षिक सत्र २०७७/ ७८ का लागि लिइएको प्रवेश परक्षिामा उत्तिर्णभई भर्ना भएका प्रशिक्षार्थीहरुको रजिष्ट्रेशन फारम भर्नका लागि सूचना जारी गरेको हो ।