प्रधानाध्यापकलाई विषय शिक्षकमा घटुवा, नेपाल शिक्षक संघद्वारा घोर र्भत्सना

नुवाकोट/३ बैशाख– नुवाकोटस्थित विदुर नगरपालिकामा रहेको श्री भिमसेन माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई सो नगरपालिकाको कार्यालयले प्रधानाध्यापकको पदबाट पदमुक्त गरेको छ ।
नगरपालिकाले प्रधानाध्यापक वासुदेव बानियाँलाई विषय शिक्षकको रुपमा कामकाज गर्न भनि पदबाट हटाईएको हो ।


नगर प्रमुख स्तरिय निर्णय अनुसार नगर शिक्षा नियमावली २०७४ को नियम ५० को उपनियम ५ अनुसार सो पदबाट बर्खास्त गरिएको नगरपालिकाको परिपत्रमा उल्लेख छ ।


परिपत्रमा नगरपालिकाले नियमानुसार त्यस विद्यालयमा भएका स्थायी शिक्षकहरुमध्येबाट माथिल्लो श्रेणीको शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिई नियमानुसार बरबुझारथ गर्न आदेश समेत दिएको छ ।


सोही सन्दर्भमा यस जिल्लामा विदुर नगरपालिकाले मनमौजी तरीकाले ऐन बनाउने र फरक विचार धारका शिक्षकलाई उचित व्यवहार नगरेको र उनीहरुलाई त्रसित बनाउने काममा अग्रणी भूमिका खेलेको भन्दै नेपाल शिक्षक संघ नुवकोटद्वारा घोर र्भत्सना गरेको छ ।

नेपाल शिक्षक संघ नुवाकोटले भिमसेन माविका प्रधानाध्यापक वासुदेव बानियाँलाई अनेक लाञ्छना लगाई आफ्नो पदबाट हट्न बाध्य पार्ने प्रयास गरेको आरोप समेत लगाए ।


साथै, व्यक्तिगत प्रतिशोधको भावनाले उनी जस्ता असल र ईमान्दार व्यक्तिलाई यस नगरपालिकाबाट साथ र सहयोग गर्नुको सट्टा उल्टै पदबाट हटाउन औपचारिक रुपमा लागि परेको र दूराग्रही भेदभावपूर्ण व्यवहार गरेको भन्दै नगरपालिकाको सो कदमविरुद्ध नेपाल शिक्षक संघ नुवाकोटले विरोध जनाउँदै गत मंगलबार विज्ञप्ती जारी गरेको छ ।

संघले विज्ञप्तीमार्फत् विभेदपूर्ण व्यवहार रोक्न तथा कार्य सच्याउन नगरपालिकालाई ध्यानाकर्षण समेत गरेको ।