नेपालगञ्ज मेडिकल कलेजमा परीक्षण गरिएका सबैको रिपोर्ट पोजेटिभ


बाँके/ ३ बैशाख – नेपालगञ्ज मेडिकल कलेजमा परीक्षण गरिएको मध्यै सबैको रिपोर्ट पोजेटिभ देखिएको छ । कलेजका ४५ जनाका कोरोना परीक्षण गर्दा शुक्रबार सबैको रिपोर्ट पोजेटिभ आएको छ ।

परीक्षण गरिएकोमा शतप्रतिशत संक्रमण पुष्टि भएको यो नै पहिलो घट्ना भएको जनाउँदै बाँकेका कोरोना फोकल पर्सनले यसबाट नै समुदायमा संक्रमणको अवस्था बारे आकलन गर्न सकिने बताए ।

परीक्षण गराएका मध्ये सबैमा संक्रमण पुष्टि भएपछि जिल्लाको अवस्था भयावह रहेको पुष्टि गरेको जनाउँदै संक्रमण रोक्न बिभिन्न कदमहरु उठाईएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।