संक्रमण देखिएका विद्यालय मात्र बन्द गरेर अरु सञ्चालन गर्ने महानगरको निर्णय

काठमाण्डौं/३ वैशाख– काठमाण्डौं महानगरपालिकाले कोभिड–१९ संक्रमणको बढ्दो क्रम देखिएकाले सो क्षेत्रका कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तिमा एक हफ्ता बन्द गर्ने निर्णय गरेको छ ।


साथै, विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न र गराउनु हुन र त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न तथा साबुन पानीले राम्रोसँग हात धुनेर र सेनिटाईजरको प्रयोग गर्ने लगायतका सुरक्षा र सावधानी अपनाउन महानगरपालिकाका शिक्षा अधिकारी राम प्रसाद सुवेदीले बताए ।


त्यस्तै, पठनपाठन सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगत्मा जारी गरिएका मापदण्डहरुको कडाईका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्न गराउनु हुन महानगरपालिकाले आग्रह गरेको छ ।