काठमाण्डौं/३० चैत– आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी थालेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कोरोना महामारी बढिरहेको अवस्थामा र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।
जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।
उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा कुनै छलफल नभएको र मन्त्रालयबाट जेठभित्र नै विद्यालय तहको परीक्षा सक्ने तयारी थालेको जानकारी दिए



