कैलाली /३० चैत – कैलालीको लम्कीस्थित ब्राइट फ्युचर अंग्रेजी स्कुल कक्षा १० मा अध्यायन गर्ने ३ जना विद्यार्थी कर्णाली पुलबाट हाम फालेका छन । शनिबार दिउँसो तीन बजेतिर ८ जनाको समूहमा चिसापानी घुम्न गएका मध्ये ३ जनाले कर्णाली पुलबाट हाम फालेका हुन ।
उनीहरू आपसमा जिस्कदै नदीमा हाम फाल्न सक्छौं कि, सक्दैनौ भन्दै ठट्टा गर्दा गर्दे नदिमा हामफालेको प्रत्यक्ष दर्शीले जानकारी दिएका छन् ।
उनिहरुका अनुसार जिस्कदा जिस्किदै केही समयपछि ३ जनाको समूहमा रहेका लम्कीका १७ वर्षीय लोकेश प्याकुरेलले कर्णालीमा हाम फाले । उनलाई देखेर उनीसँगै रहेका १८ वर्षीय सन्जय खड्का पनि नदीमा हाम फाले । त्यसपछि १७ वर्षीय वीरेन्द्र सिंह पनि लोकेश र सन्जयले जसरी नै नदीमा हाम फालेको बताए ।
हाम फाल्नेमध्येका वीरेन्द्र सिंहले साथीहरूलाई बचाउन आफूले नदीमा हाम फालेको प्रहरीलाई जवाफ दिएका छन् ।
तीन जनामध्ये वीरेन्द्रलाई राम्ररी पौडी खेल्न आउँथ्यो, वीरेन्द्र पौडी खेलेर नदीबाहिर आए । घाइते भएका लोकेशलाई डुंगावालाले उद्धार गरे । लोकेशको छाती पानीमा बजारिएको हुनाले घाइते अवस्थामा उद्धार गरीएको प्रहरीले जनाएको छ ।
नदीमा हाम फालेका सन्जय अहिले सम्म फेला परेका छैनन । उनको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आफन्तले टीकापुरबाट दुई वटा ¥याफ्ट ल्याएर खोजी तीव्र पारेको प्रहरी जानकारी दिएको छ ।



