काभ्रे/२९ चैत– काठमाण्डौं विश्वविद्यालयले स्नातक तहको २०१९ ब्याचमा भर्ना भई हाल अध्ययनरत विद्यार्थीहरुको छात्रवृत्तिको अन्तर्वार्ता अनलाईन मार्फत् हुने जानकारी दिएको छ ।
विश्वविद्यालयले स्कूल अफ ईन्जिनियरिङ विषयका विद्यार्थीहरुको छात्रवृत्तिको अन्तर्वार्ता भौतिक रुपमा १२ अप्रिल २०२१ हुने भनिएकोमा कोभिड–१९ को कारण हाल अनलाईन कक्षा भईरहेकोले उक्त अन्तर्वार्ता सोही दिन अनलाईन मार्फत् हुने जनाएको छ ।
विश्वविद्यालयले अनलाईन अन्तर्वार्ताको आईडि र समय ईमेल मार्फत् उपलब्ध गरिने स्कूल अफ ईन्जिनियरिङ डिन तथा प्रा.डा. मनीष पोखरेलले जनाएको छ ।




