काठमाडौं /२८ चैत – कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सीसीएमसीले कम्तीमा ३ साताका लागि शैक्षिक संस्था बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । नेपालमा युके भेरियन्टको कोरोना संक्रमण फैलिने खोजिम बढेको भन्दै सीसीएमसीले ३ साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा आज सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव सरकार समक्ष गरेको छ ।
पछिल्लो समय नेपालमा नयाँ कोरोनाको लक्षण देखापरेको र फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर विकल्पका रुपमा अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो ।
साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।



