जातीय विभेदकै कारण विद्यालयमा दिवा खाजा पकाउँदै आएका दलित हटाइए


बैतडी /२९ चैत – विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका दलितलाई कामबाट हटाइएको छ । बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट हटाएको हो ।

हुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक दलित समुदायका भए पनि गैरदलितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस्थापन समितिले खाजा पकाउने कामबाट हटाएको परिचर तेजराम सार्कीले बताए । “मलाई दिवा खाजा पकाउने कामबाट हटाएर अहिले विद्यालय खोल्ने र बन्द गर्ने जिम्मेवारी दिइएको छ”, परिचर तेजराम सार्कीले भन्नुभयो , “मेरो ठाउँमा एक जना चन्दजीलाई दिवा खाजा पकाउने जिम्मेवारी दिइएको छ । मेरो पक्षमा विद्यालयका शिक्षकले समेत बोल्ने आँट गर्नुभएन ।”

तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा विद्यालय परिचरमा नियुक्त भएका सार्कीले स्थानीय सरकार आएपछि आफू समस्यामा परेको बताउनु भएको छ । समाजमा अझै पनि जातीय विभेद कायम भएकाले त्यसको असर विद्यालयमा पनि परेको शिक्षक मनोजराम औजीले बतानुभयो ।

शिक्षक औजिले भन्नुभयो पढाउने शिक्षक पनि एक जना मात्र गैरदलित समुदायको हुनुहुन्छ ।बाकीँ हामि आठ जना दलित समुदायकै छौँ तर दलितले पकाएको दिवा खाजा केहि गैरदलित बालबालिकाले नखाएर टाढाबाट हेरि मात्र रहने समस्या गरेको सम्स्या देखियो ।शिक्षकले जवरजस्ती खुवाउने कुरा पनि भएन । त्यसैले विद्यालय व्यावस्थापन समितिले निर्णय गरेर गैरदलितलाई दिवा खाजा पकाउने जिम्मा दिएको छ ।

समाजमा अहिले पनि जातिए भेदभाव कायमै रहेकाले यस्तो समस्या आएको विद्यालय प्रभानाध्यापक उदिराम औजीले बताउनु भयो । प्रधानाध्यापक औजीले भन्नु भयो विद्यालयमा अन्य कुनै जातीय विभेद छैन । दिवा खाजा पकाएको मात्र गैरदलितका विद्यार्थीले खादैनन त्यत्ति हो । बाँकी कुा त परिचर तेजराम सार्कीले नै पानी भर्नु हुन्छ । सबै खाइरहेका छौँ ।

विद्यालयमा भएका समस्या शिक्षक र अभिभावक सबै मिलेर समाधान गर्नेतर्फ अघि बढेकाले सामाजिक रुपमा कायम रहेका जातीय विभेद उन्मूलन गर्न स्थानीय सरकारले पनि सघाउनु पर्ने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।