काठमाडौं /२८ चैत – भारतको राजधानी दिल्लीमा तीव्र गतिमा कोरोना संक्रमण बढेपछि राजधानीका सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्ली सरकारले शुक्रबारदेखि सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दोसै्रो चरणको कोरोना तीव्र गतिमा फैलिएकाले सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन् ।
भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण बढेको बढ्यै भएपछि महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन ।



