काठमाडौं /२५ चैत – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को कार्यसमितिले नेपाल स्थित अष्ट्रेलियन राजदूत फेलिसिटी भल्कसँग आज भेटवार्ता गरेको छ । भेटमा नवनियुक्त राजदूत भल्कलाई नेकाको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।
कोभिड–१९ को असरले भिसा लागेका नेपाली विद्यार्थीहरु जान नपाईरहेको अवस्थाका बारेमा, नेपाली विद्यार्थीहरुले आउँदा दिनमा कार्य गर्नुपर्ने अवस्था, कोभिड- १९ को अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई खोपको व्यावस्था लगायतका विषयमा छलफल भएको नेकाका सचिव दीपक कोईरालाले बताए ।
भेटमा अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपाल र नेपालीसँग मिलेर काम गर्ने चाहना व्यक्त गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेकी छिन् ।
नेकाको तर्फबाट अध्यक्ष सन्तोष प्याकुरेल उपाध्यक्ष ज्ञानेन्द्रमान जोशि सचिब दीपक कोइराला कोषाध्यक्ष रमन कोइराला प्रदेश १ अध्यक्ष मोहन तिगेला र साधारण सदस्य कमला बस्नेत को सहभागिता रहेको थियो



