काठमाण्डौं/२५ चैत– लामो समयदेखि रिक्त रहेको रजिष्ट्रार नियुक्तिको प्रक्रिया पोखरा विश्वविद्यालयले तत्काल अघि बढाउने भएको छ ।
गत चैत्र १० गते विद्यार्थीहरुले विभिन्न माग राखि आन्दोलनको चेतावनी दिएपछि विश्वविद्यालयले नियुक्ति प्रक्रिया अघि बढाउने तयारी थालेको हो ।
विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनले राखेको मागको गम्भीरतापूर्वक छलफल गरी सम्बोधन गरेको जनाएको छ । विश्वविद्यालयले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ पोखारा विश्वविद्यालय मूल इकाई समिति) ले गत चैत्र १० गते विज्ञप्ति मार्फत राखेका मागका विषयमा काम कारबाही अघि बढाएको जनाएको छ ।
त्यस्तै, अनेरास्ववियुका मागका सम्बन्धमा चैत्र ९ गते प्रकाशित गरिएको परीक्षा तालिका आवश्यक संसोधन गरी नयाँ तालिका पुनः प्रकाशन गरेको, यस अघि सम्पन्न भएका स्नातकतहका कार्यक्रमका परीक्षाफलहरूका सम्बन्धमा नतिजा प्रकाशन कार्य मिति चैत्र २३ गते देखि शुरू गरिसकेको, पोखरा विश्वविद्यालयले लिने स्नातकतहका छात्रवृत्तिका सम्बन्धमा तत्कालीन अवस्थामा अनलाइ आवेदन प्रकृयामा आई परेका समस्याहरू समाधान गरी परीक्षा समेत सम्पन्न गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार पोखरा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति सम्बन्धमा पोखरा विश्वविद्यालय ऐन बमोजिम रजिष्ट्रार नियुक्तिको प्रकृया अगाडि बढाई सकेको छ ।



