सुदूरपश्चिम/२३ चैत- सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
राना थारू समुदायको महत्वपूर्ण पर्व खखडेहरा मनाउनका लागि सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिएको हो ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको निर्णय अनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
होलीपछि कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउँदै आईरहेका छन् ।



