मकवानपुर/१२ चैत– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् ।
आफ्नो विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।
सोही विद्यालयका तीन छात्राले आफूहरुलाई पढाउने शिक्षक पाण्डेले कक्षामा अनुचित र असभ्य व्यवहार गरेको उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाण्डेलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सो विषयमा अहिले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिएको छ ।



