काठमाडौं /११ चैत – वाग्लुङको तमानखोला गाँउालिकाले गाउँपालिका स्तरिय परीक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा अर्ध वार्षिक परीक्षा सञ्चालन गर्न लागेको हो ।
पालिका द्धारा प्रश्न पत्र निर्माण गरी सञ्चालन गरिने परीक्षामा एक विद्यालयको शिक्षक अर्को विद्यालयमा गई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै विद्यालय प्रधानाध्यापक वा प्राधानाध्यापकले तोकेको वरिष्ठ शिक्षक विद्यालयमा गई परीक्षाको सम्पुर्ण निम्मेवारी सहित परीक्षा सञ्चालन गर्नु पर्ने छ ।
त्यसै गरी उत्तरपुस्तिका परीक्षा सकिएको दुई दिन भित्र गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखामा वुझाउनु पर्ने छ । परीक्षा सञ्चालन गर्न पठाएबापतको खर्च रकम शिक्षकलाई व्यावस्था गरेको छ ।



