काठमाण्डौं/६ चैत– त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत्र २० गतेदेखि सञ्चालन हुने व्यवस्थापन संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित एमबीएस र एमपीए कार्यक्रम २०७६ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
त्रिविले २०७६ साल प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र २०७६ अघि प्रथम सत्रको परीक्षामा सामेल भएका आशिंक परीक्षार्थीहरुको प्रथम सत्रको नियमित परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ११ बजेदेखी सञ्चालन हुनेछ ।









