दार्चुला /५ चैत – विश्व खाद्य कार्यक्रम अन्तरर्गत दार्चुलाका ५ वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा ल्याएको छ । ५ वटा स्थानीय तह भित्रका १५ वटा विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
विद्यार्थी र शिक्षकले कक्षाकोठामा गर्ने क्रियाकलापको ढाँचालाई परिवर्तन गर्ने उदेश्यले यो कार्यक्रम सुदूरपश्चिमका दार्चुला सहित बझाङ, बैतडी, डोटी, डडेलधुरामा समेत सञ्चान हुदै आएको छ ।
जिल्लाको मार्मा गाउँपालिकाका ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिकामा २ , शैल्यशिखर नगरपालिकामा २ , तथा नौगाड गाउँपालिकामा ३ वटा विद्यालयहरुमा यो कार्यक्रमा सञ्चालनमा रहेको छ ।
यस कार्याक्रमबाट १५ विद्यालयका झण्डै ७ सय ५० जना विद्यार्थीहरु लाभान्वित भएका छन ।



