उच्च शिक्षा प्रणालीलाई सुदृढीकरण गर्ने विषयमा शिक्षा मन्त्रालयमा छलफल

काठमाण्डौं/४ चैत– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ ज्यूको अध्यक्षतामा आज राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद्को बैठक सम्पन्न भएको छ ।
वैज्ञानिक अनुसन्धानकर्ता एवं नवप्रवर्तनहरुलाई प्रोत्साहन तथा क्रियाशील हुन भैतिक तथा आर्थिक सुविधाहरु सहितको सहज वातावरण तयार गरी उद्देश्य राख्दै सो बैठक सम्पन्न भएको हो ।
बैठकमा विज्ञान तथा प्रविधि सचिव डा. सञ्जय शर्माले राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६ को कार्यन्वयन गर्न कार्ययोजनाको प्रस्तुत गरेका थिए ।
बैठकले अनुसन्धान तथा विकासलाई परिणाममुखी बनाई उद्यमशीलतासँग आवद्ध गराउने देखि विद्यालयस्तरको विज्ञान शिक्षा एवं विज्ञान सम्बन्धि उच्च शिक्षा प्रणालीलाई सुदृढीकरण गर्ने विषयलाई समेटेर अर्थतन्त्रको विकासतर्फ देशलाई उन्मुख गराउन सहयोग पुग्ने अपेक्षा समेत राखेको छ ।
सो बैठकमा राष्ट्रिय योजना आयोेगका सदस्य, त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतीहरु, विभिन्न सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रतिष्ठित वैज्ञानिकहरु र उद्योगका वाणिज्य महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।