सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले प्रोत्साहन रकम पाउने

ललितपुर/३ चैत्र– पनौती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले सो क्षेत्र अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुको तोकिएको दरबन्दि मिलान तथा व्यवस्थापन प्रक्रिया पूरा गर्न कठिनाई देखेकाले प्रोत्साहन रकम प्रदान गर्ने भएको हो ।

नगरपालिकाले निवृत्तिभरण भईसकेका र अनिवार्य अवकास हुने देहायको सेवा अवधी बाँकी रहेका स्थायि शिक्षकहरुलाई स्वेच्छिक अवकासमा जान प्रोत्साहित गराउन प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरकार्य पालिकाको फागुन २५ र २६ गते बसेको बैठकले १५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णयानुसार ईच्छुक सम्बन्धित सबैमा आवश्यक कागजात सहित सम्पूर्ण विवरण नियमानुसार शिक्षा शाखामा निवेदन पेश गर्न अनुरोध गरेको छ ।