काठमाण्डौं/३ चैत्र– चिकित्सा शिक्षा आयोगको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रहरुमा भर्नाका लागि लिईने प्रवेश परीक्षाको अनलाईन आवेदन फाराम चैत्र ९ गतेबाट खुला हुने भएको छ ।
आयोगले स्नातक तहको एकिकृत प्रवेश परीक्षा प्रक्रिया अगाडि बढाउंदै शैक्षिक सत्र २०७७÷२०७८ मा सञ्चालन गरिने चिकित्सा शिक्षा स्नातक तहका निम्न शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि आवेदन फाराम पेश गर्न आह्वान गरेको हो ।
आयोगले ९ गतेदेखि १२ गतेसम्म अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएकोे जनाएको छ ।
थप विवरण आायोगको वेबसाईट www.mec.gov.np वा https//entrance.mec.gov.np मा गएर हेर्न सकिनेछ ।



