काठमाण्डौं/२ चैत्र– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ ।
आयोगले मंगलबारबाट खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको म्याचिङ सुरु गर्न लागेको हो ।
सर्वोच्च अदालतले गत फागुन १४ गते आयोगलाई म्याचिङको कार्यक्रम स्थगित गर्न आदेश दिएको थियो । सो आदेशपश्चात् आयोगले कार्यक्रम स्थगित गरेको थियो ।
स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएसका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले थप निर्णय अगाडि बढाउन नसकिएको भन्दै आयोगले कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।



