मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते

अछाम/२६ फागुन– मेल्लेख गाउँपालिका–७ दुपाल्तमा से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् ।
मंगलबार बेलुकी खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा विद्यार्थी चढेको ट्याक्टर दुर्घटना भएको हो ।


घाईते सबैको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते विद्यार्थीहरुको हात, खुट्टा, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर ट्याक्टरमा फर्कने क्रममा दुर्गादेवि माध्यमिक विद्यालयका विद्यार्थी चढेको ट्याक्टर दुर्घटना भएको मेल्लेख प्रहरी चौकीले जनाएको छ ।