काठमाडौं /२५ फागुन – राष्ट्रिय परीक्षा बोर्डको २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि २१ गतेसम्म साधारण धारको र १३ गते देखि २४ गते सम्म प्रविधिक धारको परीक्षा सञ्चालन हुने भएको छ ।
बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म हुने परीक्षा बिहान ८ बजेदेखी ११ बजे सम्म सन्चालन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, परीक्षा केन्द्र जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेर चैत्र १० गते सम्म पठाईसक्नुपर्ने छ भने अघिल्लो वर्षको नबढ्ने गरी परीक्षा केन्द्र निर्धारण गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । सोही अनुरुप आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ ।
यस्तो छ परीक्षा तालिका–
२०७८ जेठ १३ गते – अनिवार्य अङ्ग्रेजि
२०७८ जेठ १४ गते – वेदविद्याश्रामतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अङ्ग्रेजि, अनिवार्य नेपाली,गैर नेपालि विद्यार्थीहरुका लागि अङ्ग्रेजि ।
२०७८ जेठ १६ गते – अनिवार्य गणित
२०७८ जेठ १७ गते – अनिवार्य विज्ञान, वेदविद्याश्रामतर्फ : अनिवार्य संस्कृत,व्याकरण तथा अनुवाद ।
२०७८ जेठ १८ गते – अनिवार्य सामाजिक अध्ययन, प्राविधिक तर्फ :Farm Management and Marketing/Engineering Drawing/Computer Repair and Maintenance,Basic Music.
२०७८ जेठ १९ गते – अनिवार्य स्वास्थ्य,जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रामतर्फ : कर्मकाण्ड/फलित ज्योतिष,संस्कृत तर्फ अनिवार्य संस्कृत भाष, प्राविधिक तर्फ :Aquaculture and Fisheries/Electrical Measurement and Instrument/Computer Networks/Engineering Surveying,Music of Nepal.
२०७८ जेठ २० गते – साधारण तथा संस्कृतितर्फः ऐच्छिक प्रथम पत्रका सबै विषयहरु
वेदविद्याश्रमतर्फः ऐच्छिक प्रथम पत्रका सबै विषयहरु
प्रविधिक विषयतर्फः ऐच्छिक विषय तर्फका सबै विषयहरु
२०७८ जेठ २१ गते – साधारण तथा संस्कृतितर्फः ऐच्छिक द्वितिय पत्रका सबै षियहरु
वेदविद्याश्रमतर्फः ऐच्छिक द्वितिय पत्रका सबै विषयहरु
प्रविधिक विषयतर्फः Vegetable and medicinal plant production/Dairy and Dairy products/utilization of
electrical energy/database management/Music Technology
२०७८ जेठ २२ गते – प्रविधिक विषयतर्फः Crop Production/Small Ruminant Production and Management/Electronic device and Circuit/Water resource Engineering/Instrument keyboard
२०७८ जेठ २३ गते – प्रविधिक विषयतर्फः Industrial Entomology and Mushroom/Animal health- II/Electrical
Machine/Microprocessor/Highway Engineering/Music business and Program
Management
२०७८ जेठ २४ गते – प्रविधिक विषयतर्फ : Floriculture and Nursery Management/ Veterinary Laboratory Techniques/Industrial
Installation and Maintenance/ Object Oriented Programming/Estimating Costing and
Supervision/Optional subject (Singing,Musical Instrument, Dance)



