स्कूलको बसले ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा/२३ फागुन– पोखरा ७ बुलौदीमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान स्कूल बसले ठक्कर दिँदा ग ५ प ८३६४ नम्बरको स्कुटरमा सवार ४७ बर्षिय जीतबहादुर राईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनकुटा सहिद भूमि गाउँपालिकाका बासिन्दा हाल पोखरा ६ लेकसाइड बस्दै आएका जितबहादुर राई भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।


उनका अनुसार स्कुटरलाई ठक्कर दिने स्कूल बस भएको जानकारी आएको तर, बसको नंम्वर र स्कूलको नाम नखुलेकाले त्यसको खोजी कार्य भईरहेकोे बताए ।