सञ्चालनको तयारीमा गण्डकी विश्वविद्यालय


काठमाडौं /२३ फागुन – गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले अध्ययपनको तयारी थालिएको छ । विश्वविद्यालय स्थापनाका लागि सङ्घीय सरकारबाट जग्गा प्रप्ति पूर्वाधार निर्माणसंगै अध्ययपनको काम अगाडि बढाएको हो ।

विश्वविद्यालयले विभिन्न १३ वटा विषयका पाठ्यक्रम निर्माण, आर्थिक ,कर्मचारी र शैक्षिक नियमावली बनाएर सञ्चलनको तयारी गरेको गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले जानकारी गराउनु भयो । सङ्घीय सरकारले गण्डकी विश्वविद्यालयका लागि पोखरा महानगरपालिका ३२ र तनहुँको शुक्लागण्डकी नगरपालिकामा गरी ५२६ रोपनी जग्गा उपलब्ध गराएको थियो ।

कोभिड-१९ का कारण गत वर्ष नौ करोड रुपयाँ बजेट कार्यन्वयन गर्न नसकिए पनि विज्ञहरुसंगको परामर्शमा पाठ्यक्रम निर्माण गरिएको र तत्काल दुईवटा विषयलाई अगाडि बढाउने तयारी गरिएको गुरुङले जानकारी दिनुभयो ।

तत्काल बी फार्मेसी कक्षा वडा नं. ३२ को भवनमा गर्न लागिएको छ । तत्काल वडा कार्यलयमा कक्षा सञ्चालन गर्न लागेका छौ,वडा भवनको अनुमति पाएका छौ,बैशाखको पहिलो साता कक्षा सञ्चालन गर्ने गरी तयनरी भएको छ , आफ्रनो भवन निर्माणका लागि ठेक्का प्रक्रिया लागिसकेकोले छ महिनाभित्र आफ्नै भवनमा कक्षा सञ्चालन गछौ गुरुङले भने ।

यस्तै सूचना तथा प्रविधि कक्षा सञ्चालनका लागि महेन्द्रपुलमा रहेको पुरानो हुलाक कार्यलयको भवन प्रयोग गर्ने तयारी भइरहेको छ ।कक्षा सञ्चालनका लागि भर्ना प्रक्रिया,प्रध्यापक छनोटलगायतका काम तत्काल सुरु गरिने गुरुङले जानकारी दिनुभयो । विश्वविद्यालयमा के कस्ता विषय अध्यापन गर्ने भन्ने विषयमा प्रो.विश्वकल्याण पराजुली नेतृत्वमा अध्ययन भइरहेको छ । गोरखापत्रबाट ।