शिक्षकहरुको तलब भुक्तानी गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनको स्थानिय तहलाई निर्देशन


काठमाडौ /६ फागुन – श्रावण देखिको तलब भुक्तानी नभए पछि शिक्षकहरुको तलब भुक्तानी गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनले स्थानिय तहलाई निर्देशन दिएको छ ।

कमला नगरपालिका र धनौजि गाउँपालिकाका शिक्षकहरुलाई सभा सम्पन्न हुन नसकेको नाममा तलब भत्ता भुक्तानी हुन नसकेको भन्दै रोकिएको तलब तत्काल भुक्तानीको व्यावस्था गरिदिन भनी दिएको निबेदनको आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासनले स्थानिय तहलाई निर्देशन दिएको हो ।

सामान्य प्रशासनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित अन्य कानून अनुसारको आवश्यक प्रक्रया अबिलम्ब पुरा गरी नियमानुसार शिक्षकको तलब भत्ता व्यावस्था मिलाउन स्थानिय तहलाई निर्देशन दिएको छ ।

नेपाल शिक्षक संघ,संघीय कार्यसमितिका अध्यक्षा राजेन्द्रराज पौडडेलले तलब भुक्तानीको माग गर्दे निवेदन दिएका थिए ।