काठमाडौ/ ६ फागुन – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले परीक्षाको मर्यदा विपरित परीक्षाको समयमा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द गरेको छ ।
२०७७ मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागि कालिका मा.वि. ,सिंहासैना दैलखका विद्यार्थी रोशन कुमार शाहीले परीक्षाको मर्यदा विपरित परीक्षाको समयमा टिकटक बनाई सामाजिक सञ्जालमा राखेकाले उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरेको हो ।
साथै सोहि विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादूर शाही र विद्यालयका प्रधानध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादूर शाहीलाई बोर्डबाट सञ्चालन गरीने कुनै पनि परीक्षा सम्बन्धी काममा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारवाही गरी विभागीय कारवाहीको लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफासि गरेको छ ।



