शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभन्न विषयका सामाग्रीहरु तयार गर्नका लागि विज्ञहरुको आवेदन माग

काठमाडौ/ ६ फागुन -शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभन्न विषयका सामाग्रीहरु तयार गर्नका लागि विज्ञहरुको आवेदन माग गरेको छ ।

माध्यमिक तह अन्र्तगत कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयहरुमा खुला शिक्षातर्फका स्वाध्याय सामग्रीहरू र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइ अन्तर्गत राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएबम तह १ देखि ३ सम्म विषयगत नमूना सिकाइ सामग्रीहरू तयार गर्न विज्ञ सूची छनोट गर्ने भएको हो ।

केन्द्रले सूचना प्रकाशित गरी सात दिन भित्र योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेके छ ।