कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार चार सय नब्बेको परीक्षा स्थगित


काठमाडौ /१९ माघ -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकोे छ । यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको बोर्डले ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको आधारमा नतिजा सार्जजनिक गरेको हो ।

कोभिड– १९ का कारण स्थगित गरिएको परीक्षा यस वर्ष पूर्णांक र समय घटाएर ९ मंसिरदेखि देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन सञ्चालन गरेको थियो ।

गत पुसमा नै १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखे पनि परीक्षा अव्यावस्थित भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । होम सेन्टरमा परीक्षा सञ्चालन गरेको उत्तरपुस्तिका समेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए ।

बोर्डको ढाँचा अनुसार विद्यालयहरुले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा नतिजा प्रकाशन गर्न ढिला हुन गएको थियो । विद्यार्थीहरुको सिम्बोल नम्बर सिरियली नभएकोले गर्दा कम्प्यूटरमा ईन्ट्रि गर्न नसकेका कारण भनिएको समयमा नतिजा प्रकाशन हुन सकेको थिएन ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए । त्यसमा एक जनाको रद्ध भएको छ भने विभिन्न कारणले ११ हजार चार सय नब्बेको परीक्षा स्थगित भएको छ ।परीक्षामा २.४१ देखि २.८० जीपीए ल्याएका छन् । २.८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । त्यसै गरीwww.neb.gov.np र www.neb.ntc.np बाट नतिजा हेर्न सकिने छ ।