एसईईका लागि परीक्षा आवेदन फारम भर्ने समय थप


काठमाडौ/ १९ माघ – माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसईईको समावेश हुनको लागि परीक्षा आवेदन फाराम भर्ने म्याद बढाएको छ ।

२०७७ को एसईई परीक्षामा समावेश हुनका लागि शैक्षिक सत्र २०७७ सालमा कक्षा १०मा नियमित रुपमा अध्ययनरत एंव ग्रेडवृद्धि तर्फका विद्यार्थीहरुका लागि २०७७ को एसईई परीक्षामा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्ने म्याद राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले बढाएको हो ।

यस अघि विद्यार्थीहरुले परीक्षा आवेदन फाराम २०७७ पौष १६ गते देखि माघ २१ गते भित्र भरी सक्नु पर्ने भनिए पनि विद्यालयहरुको मागका आधारमा आगामि फागुन ६ गते सम्मका लागि म्याद थप गरीएको छ ।

साथै सबै विद्यालयहरुले फागुन १२ गते भित्र परीक्षा आवेदन फारामका साथ परीक्षा शुल्क वापतको राजश्व बैंक दाखिला भौचर समेत संलग्न गरी अनिवार्य सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन भनिएको छ ।