पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमा प्रवेश परिक्षाको आवेदन खुला


काठमाण्डौं १४ माघ– पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परिक्षाको आवेदन खुलाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका आंगिक एवं सम्बन्धन प्राप्त कलेजहरुमा सञ्चालित स्नातक तहका बीइ, बीआर्क, बीभिएससी र एएच बीएससी, बायोटेक्नोलोजी, बीटेक फूडटेक्नोलोजी, बीएससी फोरेस्ट्री, बीसीए, बीआईटी एवं पीजिडिसिए शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०७७/७८ मा नयाँ भर्नाका लागि प्रवेश परिक्षा सञ्चालन गरिने भएकाले आवेदन खुलाएको हो ।