काठमाण्डौं /१४ माघ– विद्यालयको व्यवस्थापन समितिको चुनावमा पराजित हुँदा एक युवाको खुँडा प्रहार गरी हत्या गरेका छन् ।
बझाङ्ग जिल्ला छब्बिस पाथिभरा गाउँपालिकाको वडा नं ३ स्थित बान्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा उम्मेदवार गजेन्द्र धामी पराजित भएपछि विजयी उम्मेदवार लोकेन्द्र बोहराका समर्थक एक युवाको हत्या गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेसको समर्थनमा लोकेन्द्र बोहरा उम्मेदवार रहेका थिए । त्यसैगरी, प्रचण्ड समूहका उम्मेदवारमा गजेन्द्र धामी रहेका थिए ।
चुनावमा गाउँपालिका प्रमुख अक्कल धामीका छोरा गजेन्द्र धामी पराजित भएपछि वडा नम्बर २ का अध्यक्ष विकास ऐडीको नेतृत्वमा आक्रमण भएको र तिनले हत्या गर्नेलाइ मोटरसाइकलमा राखेर भगाएको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएका छन् ।
हत्यामा प्रत्यक्ष संलग्न भएका प्रकाश ऐडी पक्राउ परेको र ज्ञानबहादुर कठायत फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।



