त्रिभुवन विश्वविद्यालय द्धारा एक्चुअरियल साईन्समा भर्ना खुला

काठमाण्डौं/१४ माघ– त्रिभुवन विश्वविद्यालयले एक्चुअरियल साईन्सको स्नातक तहमा नयाँ भर्ना खुलाएको छ ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे स्नातक तहमा एक्चुअरियल विषयमा भर्ना खुलेको हो ।


कक्षा १२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको गणित विषय लिएर जुनसुकै संकायबाट कम्तिमा द्वितिय श्रेणी वा हरेक विषयको सि ग्रेडका साथ जिपिए २ वा सो भन्दा बढी अङ्क प्राप्त गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन ।


फाराम फागुन २ गतेसम्म बुझाईसक्नु पर्नेछ । लिखित परिक्षा भने फागुन ४ गते बिहान ८ बजेदेखि ९ः४५ बजेसम्म बल्खुमा हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।