काठमाडौ/ १० माघ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परीषद्,परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक परीक्षा प्रणालिका नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षा केन्द्र कायम गरेको छ ।
२०७७ /७/२४ र २०७७/८/१५ को सुचना अनुसार आवेदन फारम भरेका वार्षिक प्रणालि अन्र्तगतका परीक्षार्थीहरुका लागि विभिन्न विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा माघ १८ गते बिहान ८ बजेबाट सञ्चालन हुने छ ।




