स्वेच्छिक रुपमा निवेदन दिएका शिक्षकहरुलाई दरबन्दी सहित स्थानान्तरण गरिने


काठमाडौ/५ माघ-शिक्षा तथा मानवस्रोत विकास केन्द्रले स्वेच्छिक रुपमा निवेदन दिएका शिक्षकहरुलाई दरबन्दी सहित स्थानान्तरण गरिने प्रक्रियामा रहेको जानकारी दिएको छ ।

खुद पुल दरबन्दी रहेको जिल्लाहरुबाट दरबन्दी अपुग रहेको सोही प्रदेशका अन्य जिल्लाहरुमा शिक्षकहरुलाई दरबन्दी सहित स्थानीय तहमा स्थानान्तरण गरिने प्रक्रियामा रहेको हो । साथै शिक्षकलाई पायक पर्ने गरी स्वेच्छिक रुपमा जान चाहने शिक्षकका लागि निवेदनका आधारमा उपयुक्तता हेरी स्थानान्तरण गर्ने प्रक्रियामा रहेको केन्द्रले जनाएको छ । साथै यसरी स्वेच्छिक रुपमा जान चाहने कार्यरत शिक्षकहरुले सोहि जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिनु पर्ने छ ।

स्थानीय तहमा शिक्षकसहीतको दरबन्दी सार्दा दरबन्दी मिलानमा समस्या हुने र रिक्त दरबन्दी मात्र मिलाउदा सहज हुने भएकोले रिक्त दरबन्दी मिलाउनको लागि शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरीएको बेला स्वेच्छिक रुपमा निवेदन दिएका शिक्षकहरुलाई दरबन्दी सहित स्थानान्तरण गरिने प्रक्रियामा रहेको केन्द्रले जानकारी दिएको छ ।