काठमाडौ /५ माघ – पूर्वाञ्चल विश्वविद्यालयले कानून संकायको सह -डिन पदका लागि दरखास्त आव्हान गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय वा मान्यता प्राप्त विश्वविद्यालयबाट कानून विषयमा कम्तिमा द्धितीय श्रेणीमा स्नातकोत्तर तहमा एलएल.एम. गरेको र सम्बन्धित विषयमा प्राध्यापनरत रहेको तथा नेपाल कानून व्यावसायी परिषद्बाट अधिवक्ता तहको प्रमाणपत्र प्राप्त गरी नाम अद्यावधिक गरेका व्यात्तिले आबेदन दिन सक्ने छन ।
साथै आबेदन दिने व्यात्तिले दरखास्तको साथमा प्राप्तगरेको शैक्षिक योग्यता तथा अधिवक्ता तहको प्रमाणहरुको प्रतिलिपिका साथ वैयक्तिक विवरण र चार वर्षे कार्य योजना समेत पेश गर्नु पर्ने छ । दरखास्त पठाउन इच्छुक व्यत्तिले सूचना प्रकाशित भएको १० दिन भित्र आवेदन दिनुपर्ने छ ।




