उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि भर्चुअल मेला महत्वपूर्ण छ

थिरलाल भट्ट
सल्लाहकार,नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

कोरोनाका कारण शैक्षिक परामर्श दातृ संस्थाहरु पूर्णरुपमा सञ्चालन हुन सकेको अवस्था छैन । यस्तो अवस्थामा अनलाइनबाटै मेला आयोजना किन गर्नु परेको होला ?


गत चैत महिनादेखि मुलुकमा लकडाउन भयो । तर शैक्षिक परामर्श दातृ संस्थाको हकमा फागुनदेखि बन्द भएका थिए । फागुन मै ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० दिन बन्द गरिएको थियो । त्यसयता हालसम्म त्यो समस्या जारी नै छ । अहिले पनि एकाध कार्यालय खुले पनि धेरै जसो कार्यालय खुल्न सकेको अवस्था छैन । तर पनि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु परामर्श लिनबाट बञ्चित भएको अवस्था छ । र, फेरि अहिले अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा विद्यार्थीहरु पनि परामर्श लिन चाहेको देखिएको छ । त्यसैले विद्यार्थी तथा अभिभावकहरुले त्यही चाहनालाई सम्बोधन गर्नका लागि अनलाइनबाटै भए पनि मेला आयोजना गरौं र आवश्यक जानकारी दिने निर्णय अनुसार इक्यानले अनलाइनबाट मेला आयोजना गर्ने निर्णय गरेको हो ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु परामर्श लिनबाट बञ्चित भएको अवस्था छ । र, फेरि अहिले अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा विद्यार्थीहरु पनि परामर्श लिन चाहेको देखिएको छ । त्यसैले विद्यार्थी तथा अभिभावकहरुले त्यही चाहनालाई सम्बोधन गर्नका लागि अनलाइनबाटै भए पनि मेला आयोजना गरौं र आवश्यक जानकारी दिने निर्णय अनुसार इक्यानले अनलाइनबाट मेला आयोजना गर्ने निर्णय गरेको हो ।


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरुका अभिभावकलाई लक्षित गरी प्रत्येक वर्ष बृहत इक्यान मेला आयोजना गर्दै आएको थियो । खासगरी प्रत्येक वर्षको असार महिनामा यो मेला राजधानीमा आयोजना हुँदै आएको थियो । त्यसबाहेक राजधानी बाहिर पनि विभिन्न समयमा मेला आयोजना गर्दै आएका थियौं ।


तर यसपटक भने कोरोना महामारीका कारणले विगतमा जस्तो भौतिक रुपमा मेला आयोजना गर्ने अवस्था रहेन। स्वास्थ्य सुरक्षाका कारणले मेला आयोजना गर्न नपाएपछि हामीले विद्यार्थी र अभिभावकलाई यसबारेमा जानकारी दिने उद्देश्यले अनलाइनमाध्यमलाई विकल्प बनाएका छौं ।

अनलाइन मेलामा आकर्षण के हुनेछ ?

यसपटकको मेला विगतका मेलाभन्दा विशेष र पृथक छ । कोरोना महामारीका कारण विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न देशका गन्तव्यलाई लिएर अन्योलता छाएको छ । कोरोना महामारीका कारण विभिन्न देशहरुले विदेशी विद्यार्थीहरु ल्याउने विषयमा आ–आफ्नै मापदण्ड तोकेका छन् । त्यसका बारेमा विद्यार्थीमा भएको जिज्ञाशा मेटाउनु पर्ने अवस्था छ । त्यसका साथै विद्यार्थीहरुले इक्यानका सदस्यहरुबाट तथ्यमा आधारित र सही सूचना पाउने भएकाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो भर्चुअल मेला निकै महत्वपूर्ण छ । विद्यार्थीले कोर्स र देशबारे जानकारी मात्रै होइन, करिअर काउन्सिलिङ तथा के गर्दा राम्रो हुन्छ भन्ने विषयमा काउन्सुलरहरुले काउन्सिलिङ समेत गर्नेछन् ।

विद्यार्थीहरुले इक्यानका सदस्यहरुबाट तथ्यमा आधारित र सही सूचना पाउने भएकाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो भर्चुअल मेला निकै महत्वपूर्ण छ । विद्यार्थीले कोर्स र देशबारे जानकारी मात्रै होइन, करिअर काउन्सिलिङ तथा के गर्दा राम्रो हुन्छ भन्ने विषयमा काउन्सुलरहरुले काउन्सिलिङ समेत गर्नेछन् ।

भौतिकरुपमा मेला आयोजना गर्नु र अनलाइनबाट मेला आयोजना गर्नुमा के फरक छ ?
यी दुबै रुपमा मेला आयोजना गर्दा आ–आफ्नो फाइदा र बेफाइदा छन् । सबैभन्दा राम्रो पक्ष भनेको मेलामा सहभागी हुन विद्यार्थीहरु घरबाहिर निस्कनु पर्दैन् । विद्यार्थी तथा अभिभावकहरु आफू जहाँ हुनुहुन्छ त्यही बसेर मोबाइल, ल्यापटप, कम्प्युटर लगायतका डिभाइसबाट सहजै मेलामा प्रवेश गरेर जानकारी तथा काउन्सिलिङ लिन सक्नुहुन्छ । त्यसका साथै यसपटकको मेलामा राजधानी काठमाडौंमा रहेका कन्सलटेन्सीहरु मात्रै नभइ देशमा सञ्चालनमा रहेको इक्यानका सदस्य सबै भाग लिन सक्नुहुन्छ । जसमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालनमा रहेको कन्सलटेन्सीहरु अनलाइन मेलामा सहभागी भइ विद्यार्थी तथा अभिभावकका जिज्ञाशा मेटाउन सक्नुहुनेछ ।

अनलाइनबाट मेला आयोजना गर्दा डाटा सुरक्षाको पनि जोखिम हुन्छ । यसलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?

पक्कै पनि अनलाइनबाट कार्यक्रम आयोजना गर्दा त्यो जोखिम रहन्छ नै । तर यसका लागि हामीले आफ्नै सफट्वेयर विकास गरेका छौं । विद्यार्थीहरुको डाटा दुरुपयोग नहोस् भन्नका लागि सोही हिसाबले सफ्टवेयर निर्माण गरेका छौं । त्यसैले विद्यार्थी तथा अभिभावकहरुलाई डाटाको दुरुपयोग हुँदैन भन्नेमा हामी यकिन दिलाउन चाहन्छौं । साइबर सुरक्षाको विषयमा हामीले प्राथमिकताका साथ ध्यान दिएका छौं ।

प्रत्यक्ष उपस्थित हुँदा र अनलाइनबाट मेलामा सहभागी हुँदा के फरक हुने रहेछ ?

भौतिकरुपमा प्रत्यक्ष उपस्थित भएर मेलामा सहभागी हुन पाउनु आफैमा राम्रो कुरा हो । तर अनलाइनबाट पनि के फाइदा छ भने विद्यार्थी तथा अभिभावकले आफूलाई मन परेको कन्सलटेन्सीलाई सोझै छनोट गरेर परामर्श लिन सक्नेछन् । मेलामा गइरहने समय बच्ने भयो भने आफूलाई मन परेको देश, कोर्सका विषयमा आफूले रोजेको कन्सलटेन्सीका प्रतिनिधिहरुसँग प्रत्यक्षरुपमा साक्षात्कार गर्न पाउने सुविधा पनि छ । त्यसबाहेक विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग पनि लाइभ कुरा गर्न पाउनेछन् । र, मनमा लागेका जिज्ञाशा मेट्न पाउनेछन् ।

मेलामा कसरी सहभागी हुने ?

मेलामा सहभागी हुनका लागि इक्यानले मेलाको आधिकारिक वेवपोर्टल धधध।भअबलाबष्च।अयm तयार पारेको छ । विद्यार्थीले त्यहाँ गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ । त्यहाँ उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् ।


मेलामा सहभागी हुन चाहनेहरुले माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागीता जनाउन सक्नेछन् ।