खोटाङ /१ माघ – खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाका सबै विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोका कारण विद्यार्थी बिरामी हुन थालेपछि बुधबारदेखि एक हप्ताका लागि गाउँपालिकाका सब विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै एक हप्ताका लागि विद्यालय बन्द गर्ने शिक्षा समितिको बैठकले निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ । साथै विद्यालय बन्द भएपनि प्रशासनीक र आन्तरीक काम गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३६ सार्वजनिक विद्यालय सञ्चालित छन ।



