भरतपुर/२ माघ– भरतपुर महानगरपालिकाले विद्यालयमा विद्यार्थीहरूको पहुँच वृद्धि गराउन महानगरपालिका भित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूलाई स्कूल बस दिने भएको छ ।
शैक्षिक उन्नयनमा वृद्धि गर्ने नीतिअनुरुप महानगरपालिकाले ५ वटा स्कुल बसका लागि बजेट विनियोजन गरी स्कूल बस प्रदान गरिएको हो ।
प्रति विद्यालयलाई २० लाखका दरले स्कुल बस खरिद गर्न गत बुधबार महानगरपालिका परिसरमा आयोजित बस खरिद सम्बन्धी सम्झौता कार्यक्रम समेत सम्पन्न गरेको छ ।
सो कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको पहुँच र विद्यार्थीहरूको विद्यालय क्षेत्रलाई अनुगमन गरी विद्यालयको छनौट गरिएको र यस सहयोगबाट विद्यार्थीहरूले सहजता महसुस गर्ने बताउँदै विद्यालयहरूमा विद्यार्थी संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सम्झौतामा भरतपुर महानगरपालिकाले वडा नं. १० को नमूना मावि, वडा नं. २० को भिमनगर मावि, वडा नं. २३ को लक्ष्मी मावि, वडा नं. २५ को प्रभात मावि, शुक्रनगर र वडा नं. २९ को कविलास मावि लाई बस दिने निर्णय भएको छ ।
भरतपुर महानगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको भौतिक पूर्वाधार विकास, कक्षाकोठा वृद्धि तथा व्यवस्थिकरण, शौचालय तथा शुद्ध खानेपानीको व्यवस्था, छात्राहरूलाई साईकल वितरणकालगायत अन्य विविध प्रणाली अपनाई शैक्षिक क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाईरहेका छन् ।
महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई २० लाख बराबरको स्कूल बस दिने


